अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल-अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुर्इ वर्षमा ‘नेजा-बद्रीकुल ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ । यो पुरस्कार नेपालका ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चारसंस्थालाई प्रदान गरिनेछ । पुरस्कारको राशी १११११११.११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ एघार पैसा) रहेको छ ।

पुरस्कारका लागि निम्नानुसारको मापदण्ड निर्धारण गरेको छ ।
१. आवेदन नेपाली वा नेपालका क्षेत्रीय अथवा स्थानीय भाषामा विगत दुर्इ वर्षदेखि पत्रकारिता गर्दै आएका व्यक्ति वा सञ्चार संस्था हुनुपर्नेछ ।
२. उक्त व्यक्ति वा संस्था ग्रामीण क्षेत्रमा सञ्चालन भएको हुने पर्नेछ । काठमाडौं वा अन्य शहरी क्षेत्रमा कार्यक्षेत्र भएकोलाई मान्यता दिइने छैन ।
३. आवेदक व्यक्ति भए आफू काम गर्ने संस्थाको सिफारिस लिनुपर्नेछ । उक्त संस्था नेपालमा विधिवत् दर्ता भएको हुनुपर्नेछ । संस्था स्वयं आवेदक भए पनि उक्त संस्था दर्ता वा नवीकरण भएको हुनुपर्नेछ । आवेदक स्वतन्त्र पत्रकार भए सूचना विभागद्वारा प्रदान गरेको स्वतन्त्र पत्रकारिता गर्न दिइएको अनुमतिसहितको परिचयपत्रको प्रति आवेदनमा संलग्न हुनुपर्नेछ ।
४. आवेदक व्यक्ति वा संस्था कुनै पनि राजनीतिक पार्टीमा आवद्ध भएको हुनुहुने छैन ।
५. सन् २०१३ को जनवरी १ देखि डिसेम्वर ३१ सम्ममा प्रकाशन वा प्रसारण भएको सामग्री हुनुपर्नेछ ।
६. छनौटमा परेका पुरस्कृत व्यक्ति वा संस्थाको नाम नेजाको आगामी मे महिनामा टेक्सासको हयुस्टन शहरमा हुने चौथो अधिवेशनमा घोषणा गरिनेछ ।
७. आवेदकले व्यक्तिको हकमा विगत एक वर्षता आफूले प्रकाशन वा प्रशारण गरेका सामग्रीको तीन प्रति र आफ्नो रचना वा कार्यक्रमबाट ग्रामीण विकासमा पर्ने प्रभावबारे पाँच सय शब्दमा नबढ्ने गरी गरिएको एक समीक्षा संलग्न गर्नुपर्नेछ । संस्थाको हकमा आफ्नो दर्ता प्रमाणपत्र नवीकृत संलग्न गर्नुपर्नेछ ।
८. आवेदन आगामी मार्च १५ तारिखभित्र निम्न ठेगानामा आइपुग्नु पर्नेछ । ढिला गरी प्राप्त भएका आवेदन प्रतियोगितामा समावेश गर्न नेजा वाध्य हुनेछैन ।

आवेदनका लागि ठेगाना
नेजा-बद्रीकुल ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार छनौट समिति
नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय
सञ्चारग्राम, काठमाडौं ।

Press Releases
अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल-अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुर्इ वर्षमा 'नेजा-बद्रीकुल ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार' प्रदान गर्दै आएको छ । यो पुरस्कार नेपालका ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा...