२०७२।११।०९

पर्साको बीरगञ्जस्थित नारायणी एफएममा अज्ञात समुहले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । गएराति १ः०० बजे हतियारसहित आएका अज्ञात समूहले कार्यालयको चाबी मागेको थियो । एफएमका सुरक्षा गार्डले चावी नदिएपछि आक्रमण गर्दै उक्त समुहले कार्यालयको ढोका तोडफोड गरेका थिए ।

स्वतन्त्र रूपमा सञ्चालनमा रहेको रेडियोलाई लक्षित गरी भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कारबाही गर्न एवं  पत्रकार र रेडियोमा हुने यस्ताखाले घटना रोकी प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।

………………
उजिर मगर
महासचिव

fnjnepalFinancial Reportप्रेस बिज्ञप्ति
२०७२।११।०९ पर्साको बीरगञ्जस्थित नारायणी एफएममा अज्ञात समुहले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । गएराति १ः०० बजे हतियारसहित आएका अज्ञात समूहले कार्यालयको चाबी मागेको थियो । एफएमका सुरक्षा गार्डले चावी नदिएपछि आक्रमण गर्दै उक्त समुहले कार्यालयको ढोका तोडफोड गरेका थिए । स्वतन्त्र रूपमा सञ्चालनमा रहेको रेडियोलाई लक्षित गरी...