काठमाडौं । देशभरका पत्रकार महासंघ शाखा मध्ये नेपाल पत्रकार महासंघ चितवन शाखा उत्कृष्ट हुन सफल भएको छ ।

चितवनमा जारी महासंघको केन्द्रीय साधारणसभामा चितवन शाखालाई उत्कृष्ट शाखाको रुपमा आज सम्मान गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्ला शाखा अध्यक्ष हरिप्रसाद पोखरेललाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उत्कृष्ट प्रतिष्ठानबाट उज्यालो ९० नेटवर्कलाई सम्मान गरिएको छ ।

साधारण सभामा कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल बात्स्ययानलाई प्रदान गरिएको थियो ।

गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार कालिकोटका पत्रकार तुलाराम पाण्डे, उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार कैलालीका गणेश चौधरीलाई प्रदान गरिएको छ ।

त्यस्तै महासंघ चितवन शाखाकी कार्यसमिति सदस्य शान्ता अधिकारी सुजुश्री मैयाँदेवी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

सो पुरस्कारको राशी रु १० हजार १ सय सय ११ रुपैयाँ रहेको थियो । उहाँलाई आजै राष्ट्रपति भण्डारीले कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सोही कार्यक्रममा प्रेस स्वतन्त्रतता सेनानी सम्मानबाट पत्रकारहरु चेतबहहादुर सिंह, सुनसरीका यम प्रधान, शिवबहादुर कार्की, सिराहाका दिनेश्वर देव, काठमाण्डौंका धना लामा, काठमाण्डौं कै चक्रपाणी नेपाल, नवलपरासीका लालकुमार भट्टराईलाई सम्मान गरिएको थियो ।

यस्तै कास्कीका बद्री विनोद कार्की, नारायण भट्टराई, प्युठानका झपेन्द्र वैद्य र सुर्खेतका चिरञ्जीवि अर्याल लगायत लाई समेत सम्मान गरिएको थियो । अहिले महासंघको बनदसत्र चलिरहेको छ ।

http://fnjnepal.org/wp-content/uploads/2016/05/patrakar-mahasang-samman-1024x521.jpghttp://fnjnepal.org/wp-content/uploads/2016/05/patrakar-mahasang-samman-150x150.jpgPrabhat ChalauneNews Stories
काठमाडौं । देशभरका पत्रकार महासंघ शाखा मध्ये नेपाल पत्रकार महासंघ चितवन शाखा उत्कृष्ट हुन सफल भएको छ ।चितवनमा जारी महासंघको केन्द्रीय साधारणसभामा चितवन शाखालाई उत्कृष्ट शाखाको रुपमा आज सम्मान गरिएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्ला शाखा अध्यक्ष हरिप्रसाद पोखरेललाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उत्कृष्ट प्रतिष्ठानबाट उज्यालो...