नेपाल पत्रकार महासंघको २०७३ बैशाख २१ गते टाँडी, चितवनमा सम्पन्न केन्द्रीय साधारण सभाले श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै ११ बुँदे ‘चितवन घोषणापत्र–२०७३’ जारी गर्दछ ः
१.नेपाल पत्रकार महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी तत्काल १९,५०० कायम गरी कार्यान्वयन गर्न नेपाल सरकारसँग यो साधारण सभा माग गर्दछ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरिसकेको पत्रकारहरुको न्यूनतम पारिश्रमिकलाई सरकारले कार्यन्वयन गर्न ढिलाइ गरेकोप्रति गम्भिर आपत्ति जनाउँदै यसको तत्काल कार्यन्वयन नगरिएमा महासंघ सशक्त आन्दोलनमा उत्रिने घोषणा गर्दछ ।
२.जनताको लामो संघर्ष पछि प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान–२०७२ कार्यान्वयन गरी आन्दोलनका सबै उपलब्धि रक्षा गर्न सबै पक्षसँग यो साधारण सभा आव्हान गर्दछ । साथै, संविधान कार्यान्वयन पक्षसँगै देखिएको जटिलता, तराई÷मधेस लगायत सबै समुदायबाट उठेका उचित मागलाई सम्बोधन गर्न वार्ता र सम्वाद प्रक्रियालाई अघि बढाउन सरकार र राजनीतिक दल समक्ष यो साधारण सभा माग गर्दछ ।
३. सरकारसँगको सहकार्यमा पत्रकारको दुर्घटना विमा सञ्चालन भइरहेको छ । स्वास्थ्य वीमाको थप योजना अघि बढाउने घोषणा गर्दै यसलाई थप प्रभावकारी बनाउन सहयोग गर्न यो सभा सरकारसँग अनुरोध गर्दछ ।
४.महासंघले लोकतन्त्र, न्याय र स्वतन्त्रताका लागि आजीवन संघर्ष गरिरहेका जेष्ठ पत्रकारहरुको सम्मान आरम्भ गरिसकेको छ । यस कार्यलाई सरकारको पनि सहयोग जरुरी छ भन्ने यो सभाको ठहर छ ।
५.उत्तरदायी जिम्मेवार र सक्षम पत्रकार उत्पादनका लागि नेपाल पत्रकार महासंघको सुझावमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको प्रक्रिया अहिले रोकिएकोप्रति सरकारको गम्भिर ध्यानकर्षण गराउँदै त्यसलाई तत्काल कार्यन्वयनका लागि अगाडि बढाउन यो सभा माग गर्दछ ।
६.‘आफै श्रमजीवी, आफै सञ्चालक’ रहेका साना लगानीका अखबार पत्रिकालाई बचाउन समानुपातिक विज्ञापन वितरण, कागज, मसीमा कर छुटसँगै बृद्धि विकासका लागि तालिम सञ्चालनका लागि ‘साना लगानीका मिडिया विकास कोष’ स्थापना गर्न सरकारसँग यो सभा माग गर्दछ ।
७. सञ्चार उद्योग विकासका लागि यस क्षेत्रलाई सेवा उद्योगको मान्यता दिन सरकारसँग माग गर्दै विशेष उद्योगको सेवा लिने मिडिया हाउसका लागि श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यन्वयनको पूर्व शर्त हुनुपर्नेमा यो सभा जोड् दिन्छ ।
८. तराई मधेस आन्दोलनबाट उत्पन्न परिस्थिति र त्यहाँ भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन भएको सन्र्दभमा ‘मधेस मिडिया सम्मेलन–२०७२’ को घोषणापत्रलाई आधार मानेर यो सभा विशेष योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
९. जनताको सहज पहुँचमा रहेका एफएम रेडियो र टेलिभिजनहरुको निरन्तरताका लागि नियमिति विद्युत सेवासँगै रोयल्टी, नविकरण शुःल्क लगायतमा विशेष छुट दिन यो साधारण सभा सरकारसँग माग गर्दछ ।
१०. नेपाल पत्रकार महासंघको यो साधारण सभाको उद्घाटन समारोहलाई समुद्घाटनको निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइदिनु भएकोमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूलाई यो साधारण सभा विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछ ।
११. यो साधारण सभालाई सम्पन्न गराउन जिम्मा पाई कुशल व्यवस्थापन गरेकोमा नेपाल पत्रकार महासंंघ चितवन शाखालाई यो सभा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साधारण सभा सफलतापूर्वक सम्पन्न गराउन आर्थिक, नैतिक, भौतिकरुपमा सहयोग गर्ने सबै महानुभावहरुमा यो सभा हार्दिक आभार व्यक्त गर्दछ । त्यसका साथै साधारण सभालाई सहयोग गर्नुहुने पर्यटन व्यवसायी, उद्योगी व्यवसायी, नागरिक समाज, चिकित्सक, राजनीतिक दलका नेता, महासंघका सचिवालय कर्मचारी, सुरक्षा निकायका तीनवटै अंग नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका साथै स्यवंसेवक साथीहरुप्रति यो साधारण सभा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ । साधारणसभा सम्पन्न गर्न संस्थागत सहयोग पुर्याउने सवै संस्था र महानुभावहरुप्रति पनि यो सभा धन्यवाद व्यक्त गर्दछ ।
२१ वैशाख २०७३, टाँडी चितवन

Prabhat ChalauneNews Stories
नेपाल पत्रकार महासंघको २०७३ बैशाख २१ गते टाँडी, चितवनमा सम्पन्न केन्द्रीय साधारण सभाले श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै ११ बुँदे ‘चितवन घोषणापत्र–२०७३’ जारी गर्दछ ः१.नेपाल पत्रकार महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी...