२०७३÷१०÷२४
केही दिनयता पत्रकार तथा सञ्चारमाध्यम माथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएका छन् ।
 
त्यस्तै समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम , दियो पोष्ट डट कम, आर्थिक न्यूज डट कम लगायतका केही अनलाईन माध्यम ब्लक गरिएको सम्बन्धी अनलाईनबाट जानकारीमा आएको छ ।
 
स्वतन्त्र प्रेस तथा पत्रकारिता माथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुनजाने भएकोले महासंघ दोषिमाथि कडा कारबाहीको माग गर्दै बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहजरुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गर्दछ ।
…………………
ध्रुव लम्साल
सचिव
Bhuwan Karkiप्रेस बिज्ञप्ति
    २०७३÷१०÷२४ केही दिनयता पत्रकार तथा सञ्चारमाध्यम माथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएका छन् ।   त्यस्तै समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम , दियो पोष्ट डट कम, आर्थिक न्यूज डट...