२०७३/१२/१७
नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य काशिनाथ यादवको ५७ बर्षको उमेरमा मष्तिस्कघातका कारण उपचारका क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा चैत १६ गते निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

२०१६ सालमा बारा जिल्लाको बेलडारीमा जन्मनु भएका पत्रकार यादव झन्डै तीन दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । पछिल्लो समय ब्रम्हास्त्र दैनिकका प्रधान सम्पादक तथा प्रकाशकका रुपमा क्रियाशील यादवले विमर्श, पुनर्जागरण साप्ताहिकलगायतका पत्रपत्रिकामा काम गर्नु भएको थियो । यादव वीरगञ्जस्थित ठाकुराम बहुमुखी क्याम्पसका सहप्राध्यापकसमेत हुनुहुन्थ्यो ।

महासंघले उहाँको निधनलाई नेपाली पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षतिको रुपमा लिएको छ । स्वर्गीय यादवका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

महासंघ स्वर्गीय यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । दुःखको यस घडीमा शोकाकुल परिवारजनप्रति महासंघ गहिरो समवेदना प्रकट गर्दछ ।

……………
उजिर मगर
महासचिव

Khagendra Funyalप्रेस बिज्ञप्ति
२०७३/१२/१७ नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य काशिनाथ यादवको ५७ बर्षको उमेरमा मष्तिस्कघातका कारण उपचारका क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा चैत १६ गते निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । २०१६ सालमा बारा जिल्लाको बेलडारीमा जन्मनु भएका पत्रकार यादव झन्डै तीन दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । पछिल्लो...