पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले कुटपिट गर्दै पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०४।१३

समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले कुटपिट गर्दै पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ कास्की शाखाका अनुसार पोखराको पृथ्वीचोकमा राइड शेयरिङविरुद्ध सार्वजनिक सवारीका चालक र सहचालकले थालेको आन्दोलनको समाचार संकलनका क्रममा रहेका पत्रकारद्वय माथि आन्दोलनरत चालकहरुले दुव्र्यवहार र कुटपिट गर्नुका साथै पत्रकारको ग २० प ३९७३ नम्बरको स्कुटरसमेत तोडफोड गरेका छन् ।

नागरिकलाई सुसूचित गराउन तथा आन्दोलनरत पक्षको मागसमेतलाई सम्बन्धित निकायमा पु¥याउन भूमिका खेल्ने पत्रकारमाथि भएको कुटपिट र तोडफोडको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।

महासंघ प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नेको तत्काल पहिचान गरी कानुनी दायरमा ल्याउन र क्षतिको क्षतिपूर्ति दिलाई पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

May be an image of text