नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बविन शर्मालाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध

 

मिति : २०८१।०५।१६

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बविन शर्मा (बासुदेव शर्मा) लाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । उहाँका ८१ वर्षीय पूजनीय पिता लिलाध्वज स्वारको २०८१ भाद्र १५ गते शनिबार बेलुका ७ः४५ बजे भक्तपुरस्थित निवासमा निधन भएको हो ।

विगत १६ महिनादेखि मेरुदण्डको पक्षघातका कारण घरमै रहेर स्वास्थ्यलाभ गरिरहनु भएका स्वर्गीय स्वारका २ छोरा र ३ छोरी हुनुहुन्छ । केन्द्रीय सदस्य बविन शर्मा जेठा छोरा हुनुहुन्छ ।

यसअघि लडेर मेरुदण्ड भाँचिएपछि सिभिल सर्भिस अस्पताल बानेश्वरमा शल्यक्रिया गरिएलगत्तै स्वारलाई डेढ महिना काभ्रेपलान्चोकको साँगास्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा राखिएको थियो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ केन्द्रीय सदस्य बविन शर्मासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्