पत्रकार अजय गोर्खालीको ३७ वर्षको अल्पायुमै यही मंसिर २० गते निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मिति : २०८२।०८।२२

पत्रकार अजय गोर्खालीको ३७ वर्षको अल्पायुमै यही मंसिर २० गते निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

महासंघ चितवन शाखाका सदस्य गोर्खाली पछिल्लो समय जनआस्था साप्ताहिकको चितवन सम्वाददाताका रुपमा कार्यरत हुनुहुन्थ्यो । नवलपरासी (वर्दघाट–सुस्ता) जिल्लाको गैडाकोट–५ निवासी गोर्खालीकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय गोर्खालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्