मकवानपुर इसाइ समाजले हेटौँडाको हुप्रचौरमा आयोजना गरेको ख्रीष्चियन महोत्सवको समाचार संकलनका क्रममा हिजो पत्रकारहरुमाथि भएको दुव्र्यवहार र अपमानको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महोत्सवको समाचार संकलन गर्न पुगेका महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, मकवानपुर शाखा सचिव राजन दाहाललगायत आधा दर्जन सञ्चारकर्मीहरुलाई संस्कृतिमन्त्री गोपाल किराँतीले मन्तव्य व्यक्त गरिरहेको बेला ‘हाम्रो समाचार छाप्न र फोटो खिच्न पर्दैन’ भन्दै आयोजकले अपमानपूर्ण व्यवहार गर्दै मञ्चबाट धकेलेका थिए ।

निर्वाधरुपमा सूचना सङ्कलन गरी आमनागरिकलाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको सञ्चारकर्मीमाथि अपमानपूर्ण व्यवहार गर्दै सूचना संकलन र संप्रेषणमा बन्देज र व्यवधान लगाउनु सम्पूर्ण प्रेस जगतमाथिको आक्रमण र हस्तक्षेप हो ।

मुलुकमा छुट्टै पहिचान बोकेको इसाइ समाजबाट निरंकुश शैलीमा पत्रकारलाई सूचना संकलनमा वञ्चित गरी अपमान गरिएको यस घटनाबाट जनताको सुसूचित हुने अधिकारलाई समेत हनन् गरेको महासंघको ठम्याई छ ।

महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी यस घटनाको निन्दा र भत्र्सना गर्दै पत्रकारहरुमाथि भएको दुव्र्यवहारप्रति तत्काल माफी मागी पत्रकारको सूचना संकलन र संप्रेषण गर्ने पाउने संविधानप्रदत्त अधिकारको सम्मान गर्न एवं आगामी दिनमा यस्ता घटना नदोहो¥याउन आयोजकसँग माग गर्दछ । साथै, पत्रकारलाई निर्वाध रुपमा समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न सरकारसँग पनि माग गर्दछ ।

fnjnepalप्रेस बिज्ञप्ति
मकवानपुर इसाइ समाजले हेटौँडाको हुप्रचौरमा आयोजना गरेको ख्रीष्चियन महोत्सवको समाचार संकलनका क्रममा हिजो पत्रकारहरुमाथि भएको दुव्र्यवहार र अपमानको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महोत्सवको समाचार संकलन गर्न पुगेका महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, मकवानपुर शाखा सचिव राजन दाहाललगायत आधा दर्जन सञ्चारकर्मीहरुलाई संस्कृतिमन्त्री गोपाल किराँतीले मन्तव्य व्यक्त...