सञ्चारर्कममा जुटिरहेको अवस्थामा पत्रकार हेमराज भट्टलाई प्रहरी वृत्त कीर्तिपुरका प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०८।२९

सञ्चारर्कममा जुटिरहेको अवस्थामा पत्रकार हेमराज भट्टलाई प्रहरी वृत्त कीर्तिपुरका प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही मंसिर २७ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय बाहिर भइरहेको आन्दोलनको समाचार संकलनका क्रममा ‘किन भिडियो खिचिस’ भन्दै प्रहरीले आफूलाई यस्तो व्यवहार गरेको भट्टले महासंघमा जानकारी गराएका छन् ।

महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीउपर आवश्यक कारबाही गर्न एवं संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान तथा उपभोगको वातावरण निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download