विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौंमा ‘लोकतन्त्र र शान्तिका लागि सञ्चार : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ विषयक कार्यक्रम सम्पन्न

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौंमा ‘लोकतन्त्र र शान्तिका लागि सञ्चार : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ विषयक कार्यक्रम सम्पन्न



२०७६ बैशाख २०

बैशाख ३, काठमाडाैं । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौंमा ‘लोकतन्त्र र शान्तिका लागि सञ्चार : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ निर्वाचनका लागि अवसर र चुनौतीका विषयमा व्यापक छलफल गरिएको छ । 
 

कार्यक्रममा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन र दक्षिण एसियाको प्रेस स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरियो । प्रतिवेदनमा पछिल्लो एक वर्षमा दक्षिणा एसियामा पत्रकारहरुको अवस्था अवस्था खस्किँदो रहेको उल्लेख छ । त्यसैगरी नेपालमा २०७५ मा नेपाल पत्रकार महासंघको अनुगमन इकाईमा प्रेस स्वतन्त्रता उलंघनसम्बन्धी ६० वटा घटनामा ७७ पत्रकार र ५ सञ्चार गृह पीडित भएका भएका छन् । 
 

नेपाल सरकार, निर्वाचन आयोग, नेपाल पत्रकार महासंघ, युरोपियन युनियन, युएनडिपी र युनेस्कोको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधानले सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको बताउँदै मर्यादित, उत्तरदायित्व र जिम्मेवार रुपमा आम जनतामा कसरी स्थापित हुने भन्ने अहिलेको चुनौती रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरुप मिडिया कानुन निर्माण गरिने प्रतिवद्धता जनाउनु भयो । 
 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले २०६२÷०६३ सालको आन्दोलन, संविधान निर्माण प्रक्रिया र विभिन्न चरणका निर्वाचन सम्पन्न गर्न नेपाली प्रेसले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै आगामी दिनमा पनि उत्तिकै महत्वपूर्ण रहने बताउनुभयो । उहाँले नयाँ कानुनहरु मिडियामैत्री हुन नसकेको बताउनुभयो । 
 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्ता कार्यक्रमले निर्वाचन प्रणालीमा सुधार गर्न सहकार्यको वातावरण तयार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन आम सञ्चारमाध्यम मात्रै नभई सामाजिक सञ्जालको प्रयोग र पहुँच बढाउनुपर्नेमा जोड दिनु भयो । 
 

युएनका आवासीय प्रतिनिधि भेलरी जुलियन्ड, मानवअधिकारको विश्वव्यापी घोषणा पत्रको धारा १९ र २१ ले प्रेस स्वतन्त्रताको विषयलाई विश्वव्यापी रुपमा सुनिश्चित गरेको बताउनु भयो । नेपालस्थित बेलायती राजदूत रिचार्ड मुरिसनले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुचक मात्रै नभएर सार्वजनिक सेवाको सुधार गर्न उत्तरदायी औजारको रुपमा रहेको बताउनुभयो । 
 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति हरिहर विरही र प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो । 
 

कार्यक्रममा ‘डिजिटल युगमा निर्वाचनमा नयाँ अवसर र चुनौतीहरु’  विषयमा पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले सहजीकरण गर्नुभएको थियो भने बक्ताहरु निर्वाचन आयोगका सहसचिव देवकुमारी गुरागाई, पत्रकार महासंघका पूर्व सभापति सुरेशकुमार आचार्य, प्रेस काउन्सिल नेपालका सदस्य सुभेच्छा विन्दु र रिपव्लिका दैनिकका प्रधान सम्पादक सुवास घिमिरे, ‘शान्ति र लोकतनत्रका लागि मिडियाको भुमिका’ विषयमा सञ्चार विज्ञ विनोद भट्टराईले सहजीकरण गर्नुभएको थियो भने बक्ताहरु निर्वाचन आयोगका सहसचिव सूर्यप्रसाद गौतम, बानका पूर्वअध्यक्ष गोपाल झा, नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा र पत्रकार अमृता अनमोलले आफ्नो धारणा राख्नु भएको थियो । 
 

आम सञ्चारका माध्यमबाट मतदाता शिक्षा ‘सूचनामा जनताको पहुँच वृद्धि’ विषयमा पूर्व प्रमुख निर्वाचना आयुक्त निलकण्ठ उप्रेतीले मध्यस्थता गर्नुभएको थियो भने बत्ताहरुमा निर्वाचन आयोगका सहसचिव शंकरप्रसाद खरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, सामुदायीक रेडियो प्रचारक संघका अध्यक्ष सुवास खतिवडा, बानका चन्द्र न्यौपानेर नेपाल पत्रकार महासंघका सचिव रेमबहादुर विश्वकर्माले आफ्नो धारणा राख्नुभएको थियो । 
 

यस्तै ‘सञ्चार निती तथा आगामी योजना’ विषयमा सामाजिक मिडिया अनुसन्धानकर्ता उज्वल आचार्यले मध्यस्तकर्ता गर्नुभएको थियाृ भने बक्ताहरुमा निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारी,  साउथ एसिया फ्याक चेकका मोहन मैनाली, नेपाल प्रहरीका डिआइजी राजिव सुब्बा, नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापा र अधिकारकर्मी अमृता लम्सालले धारणा राख्नुभयो । 
 

‘शान्ति तथा लोकतन्त्रको प्रवद्र्धनमा डिजिटल मिडियाको भुमिका’ विषयमा पूर्व निर्वाचन आयुक्त इला शर्माले मध्यस्तथा गर्नुभएको थियो भने बत्ताहरुमा निर्वाचन आयोगका सहसचिव गिरिजा शर्मा, सेतो पाटीका सम्पादक अमित ढकाल, सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित, फोनिजका अध्यक्ष डण्ड गुरुङले धारणा राख्नुभएको थियो । 
 

‘शान्ति र लोकतन्त्रमैत्री मिडिया निती’ विषयमा सञ्चारविज्ञ बबिता बस्नेतले मध्यस्थता गर्नुभएको थियो भने बक्ताहरुमा निर्वाचन आयोगका उपसचिव चन्द्रप्रसाद शिवाकोटी, नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव ऋषीकान्त तिवारी, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल र डा. महेन्द्र विष्टले आफ्नो धारणा राख्नुभयो ।  
 

उक्त कार्यक्रममा वरिष्ठ पत्रकारहरु धर्मेन्द्र झा, गोपाल गुरागाई र संगीता लामालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको थियो ।