बेस्ट मिडिया अवार्डका लागि आवेदन आह्वान


प्रकाशित मितिः २०८२ वैशाख २ गते (अप्रिल १५, २०२५)

नेपाल पत्रकार महासंघले “बेस्ट मिडिया अवार्ड २०८२” का लागि इच्छुक संचारमाध्यमहरूबाट आवेदन आह्वान गरेको छ ।

बेस्ट मिडिया अवार्ड ((Best Media Award)) नेपाल पत्रकार महासंघले प्रदान गर्ने वार्षिक पुरस्कार हो । यो अवार्ड नेपालका संचार माध्यमहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा भएका असल अभ्यासलाई प्रोत्साहित गर्न शुरू गरिएको हो । नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवद्र्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्ने यो अवार्डको उद्देश्य हो ।

आवेदनका लागि योग्यता

· नेपालमा विधिवत दर्ता भएका निजी, सरकारी, सामुदायिक वा गैर–नाफामूलक संचारमाध्यम

· कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेको

· नियमित वार्षिक नवीकरण गरिएको

आवेदन विधि

इच्छुक संचारमाध्यमहरूले निम्न लिंकमार्फत अनलाइन फारम भरेर आवेदन दिन सक्नेछन् ।

https://forms.gle/NXA7UtoJHeXhuZ517

आवेदन बुझाउने अन्तिम मितिः २०८२ वैशाख १२ गते (अप्रिल २५, २०२५)

अवार्ड वितरणः २०८२ वैशाख २० गते (मे ३ –विश्व प्रेस स्वतन्त्रता दिवस)

 डाउनलोड गर्नुहोस्