नेपाल पत्रकार महासंघको एसोसिएट संस्था फोटो पत्रकार क्लवका अध्यक्ष द्वारिका काफ्‌लेलाई पितृशोक परेको खबरबाट महासंघ दुःखी

मिति : २०८२।०९।१८

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था फोटो पत्रकार क्लवका अध्यक्ष द्वारिका काफ्‌लेलाई पितृशोक परेको खबरबाट महासंघ दुःखी भएको छ । उहाँका पूजनीय पिता दुर्गाप्रसाद काफ्‌लेको ७७ वर्षको उमेरमा पुस १७ गते साँझ ७ः३० बजे सुनसरीको इटहरी उपमहानगरपालिका–९ भोजपुरे टोलस्थित निवासमा निधन भएको हो ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । दुःखको यस घडीमा क्लवका द्वारिकासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष मुक्ति पौडेललाई पितृृशोक परेको छ । ८८ वर्षीय उहाँका पूज्य पिता चन्द्रबहादुर पौडेलको पुस १६ गते झापाको मेचीनगर–६ स्थित निवासमा निधन भएको हो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । शोकको यस घडीमा महासंघ कोषाध्यक्ष मुक्तिसहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्