हाम्रो बारेमा

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन हो । पत्रकारहरुलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । ६ दशकभन्दा लामो इतिहास रहेको महासंघमा पत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र सहित १३ हजार भन्दा बढी पत्रकार आवद्ध छन् ।

प्रेस स्वतन्त्रताको प्रवर्दन र प्रतिरक्षामा पनि महासंघले सशक्त भूमिका निर्वाह गर्दै आएको छ । महासंघले पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशिल विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

२०७७ साल चैत २५ गते सम्पन्न प्रत्यक्ष निर्वाचनबाट विपुल पाेखरेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

पत्रकार महासंघको उद्देश्य निम्नानुसार छन् :

  • नेपाली पत्रकारहरुलाई संगठीत गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक अधिकार प्रवद्र्धन तथा संरक्षण गर्न क्रियाशिल रहने ।
  • उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशिल हुँदै स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचार र आदर्शहरुलाई परिपालन गर्ने ।
  • सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशिल रहने ।
  • श्रमजीवी पत्रकारहरुको उचित श्रम अभ्यास र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गर्ने ।
  • पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुसँग सम्बन्ध विस्तार गर्ने तथा विभिन्न देशका संघ, संस्थाहरुसँग प्रतिनिधिहरु आदन प्रदान गर्ने ।
  • पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयहरुमा बैठक, भेला, सभा, सम्मेल, गोष्ठि, अन्तक्र्रिया प्रशिक्षण लगायत अन्य विभिन्न रचनात्मक गतिविधिहरु सञ्चालन गर्ने र पुस्तक, पत्रपत्रिका, कार्यक्रम तथा प्रतिवेदन प्रकाशन वा उत्पादन गर्ने ।
  • राष्ट्र समाज र आम नागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति सक्रिय रहने ।
  • प्रेस स्वतन्त्रताको प्रतिरक्षाका लागि आवश्यक अन्य काम गर्ने ।