लैङ्गिक संवेदनशील आर्थिक पत्रकारिता तालिमको आवेदन म्याद थप


प्रकाशित मिति: २०८३ मंङ्सिर ११ गते ।  

नेपाल पत्रकार महासंघले कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरूका लागि सञ्चालन गर्ने लैङ्गिक संवेदनशील आर्थिक पत्रकारिता तालिमका लागि आवेदन दिने म्याद २०८३ मंसिर १३ गतेसम्म थप गरिएको छ।

इच्छुक सबै पत्रकारलाई यहाँ दिइएको लिङ्कमा गई आवेदन फाराम भर्नुहुन अनुरोध छ।

यस तालिममा काठमाडौं उपत्यकामा कार्यरत दुई जना पत्रकारलाई समेत सहभागी गराइने भएकाले आर्थिक विषयमा रिपोर्टिङ गरिरहेका उपत्यकाका इच्छुक पत्रकारहरूलाई पनि आवेदन दिनुहुन अनुरोध गरिन्छ।

लैङ्गिक संवेदनशील आर्थिक पत्रकारिता प्रशिक्षण आवेदन फारम