नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक 

नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक 



२०७६ भाद्र २३

 

भदौं २३, काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उहाँका पूज्य पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा आज विहान ३ः०० बजे काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । स्वर्गीय शर्माको पार्थीव शरीरलाई विहान ७ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 


अध्यक्ष आचार्यका पूज्य पिताको अन्त्यष्टी लगत्तै नेपाल पत्रकार महासंघको कार्यालयमा उपलब्ध पदाधिकारी तथा सदस्यहरु उपस्थित भई शोक प्रस्ताव पारित गरिएको छ । त्यसअवसरमा स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरिएको छ । साथै, पितृशोकमा पर्नुभएका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधारणको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ । 
उहाँको पार्थीव शरीरमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईसहित प्रतिनिधिसभाका सम्मानीय सभामुख कृष्णबहादुर महरालगायत विभिन्न राजनीति दलका नेताहरु र नेपाल पत्रकार महासंघका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं पूर्वपदाधिकारीहरुलगायत पत्रकारहरुले श्रद्धाञ्जली दिएका थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । अध्यक्ष आचार्य स्वर्गीय शर्माका जेठा छोरा हुनुहुन्छ ।