महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को प्रस्तावनामा संवाद कार्यक्रम सम्पन्न

महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को प्रस्तावनामा संवाद कार्यक्रम सम्पन्न



२०७६ माघ १३

माघ १३, काठमाडाैं ।  नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला समितिको आयोजनामा महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को प्रस्तावनामा संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुले महिला उत्तरदायी पत्रकार आचारसंहिता बन्नु राम्रो भएको बताउदै त्यसको कार्यान्वयन महत्वपूर्ण रहेको धारणा राखेका छन् । 
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले कहाँ कहाँ कुन कुन बर्गका पत्रकारलाई असुविधा छ त्यहाँ ध्यान दिनुपर्ने भन्दै सबै पत्रकारलाई सहज हुने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । महासंघका कोषाध्यक्ष राजेश मिश्रले महिला पत्रकारको पेशागत हक अधिकारका लागि महिला पत्रकारहरु सचेत हुनुपर्ने बताउनुभयो । 
महासंघका निवर्तमान सचिव तथा प्रेस काउन्सिल नेपालका सदस्य संगिता खड्काले पत्रकारका लागि लैङ्गिक मैत्रि सञ्चार निर्देशिका विगतमै बनिसकेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । 
प्रेस काउन्सिल नेपालका सदस्य सुभेच्छा बिन्दुले अधिकार प्राप्तिका लागि पत्रकार स्वयम सचेत हुनुपर्ने धारणा राख्नुभयो । 
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झपिन्द्र भुषालले पत्रकार आचारसंहिताले समेट्न नसकेको विषयलाई थप स्पष्ट पार्न महिला उत्तरदायी पत्रकार आचारसंहिता निर्माण गर्न लागेको बताउनुभयो । 
त्सस्तै प्रेस काउन्सिल नेपाललका सूचना अधिकारी दिपक खनालले महिला पत्रकारको हितका लागि उक्त आचारसंहिता ल्याउन लागेको बताउनुभयो । 
सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले हरेक बर्गका निम्ति छुट्टाछुट्टै आचारसंहिता बनाउनु भन्दा पनि सबै वर्गलाई एउटै आचारसंहितामा समेट्न सके कार्यान्वयनमा समस्या नहुने धारणा राख्नु भयो ।
महासंघका सचिव लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा रमा भुजेल, राधा चालिसे, निमा काफ्ले लगायतका पत्रकारहरुले महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।