पत्रकारिताको सुरक्षा सम्बन्धी प्रतिवेदन सार्वजनिक

पत्रकारिताको सुरक्षा सम्बन्धी प्रतिवेदन सार्वजनिक



२०७५ जेठ ३०

पत्रकारिताको सुरक्षा सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । राजधानीमा अाज आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र इन्टरनेशनल मिडिया सपोर्टका मिडिया सल्लाहकार रोबर्ट शावले प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले राज्य पक्षले विभिन्न संयन्त्रमार्फत प्रेसका अधिकारलाई अंकुश लगाउन सक्ने हुँदा बेलैमा दबाब दिन पत्रकार सूरक्षा संयन्त्र बनाउन आवश्यक रहेको बताउनु भयो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यले सरकारले नीतिगत र संरचनागत रुपमा प्रेसलाई अप्ठायारो पार्ने सम्भावना रहेको भन्दै पत्रकार सुरक्षा संयन्त्र बनाउने कुरालाई छिट्टै निष्कर्षकमा पुर्याउने बताउनुभयो । उहाँले पत्रकारको भौतिक सुरक्षामा चुनौती कम भएपनि नीतिमार्फत सिङ्गो पत्रकारिताको हत्या गर्ने षडयन्त्र भइरहेको बताउनुभयो ।  

प्रतिवेदनबारे नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले र बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले टिप्पणी गर्नु भएको थियो । 

प्रतिवेदनमा नेपाल सहित अफगानिस्तान,  पाकिस्तान, फिलिपिन्स, इन्डोनेसिया, इराक र कोलम्बियामा पत्रकारको सुरक्षा, चुनौती, तिनीहरुलाई न्यूनीकरण गर्न भएका प्रयास लगायतबारे उल्लेख गरिएको छ ।