कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथिको आदेशप्रति महासंघको ध्यानाकर्षण

मिति : २०७४।११।१४

सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार हो । नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आम सञ्चारको हक र महत्व स्पष्ट हुन्छ ।
अदालतको आदेश र त्यसपछिको प्रतिक्रियाहरुलाई ध्यानमा राख्दै महासंघले आन्तरिक बैठक र सरोकारवालाहरुसँगको छलफलपछि थप धारणा सार्वजनिक गर्ने छ ।

रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्