फागुन ९ र १० गते पोखरामा महासंघकाे केन्द्रीय साधारणसभा

मिति :२०७५।०९।०९

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक पसु ६ र ७ गते प्रदेश नं. १ को धनकुटामा सम्पन्न भयो । बैठकले विराटनगरमा सम्पन्न प्रदेश अध्यक्ष÷महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको समीक्षा गर्दै सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणलीमा लैजान दिएको निर्देशनसहितका मार्गनिर्देशनलाई पूरा गर्न उपाध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा विधान संशोधन मस्यादौ समिति गठन गरेको छ ।

बैठकले फागुन ९ र १० गते कास्कीको पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गर्दै अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गराउन सशक्त आन्दोलन गर्ने निर्णय गर्दै सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघले मुलुकी फौजदारी, गोपनीयताको हकसम्बन्धी कानुन र विद्युतीय कारोबारसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानहरु तत्काल संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्ने कानुनी वातावरण तयार पार्न सरकारँग जोडदार माग गरेको छ ।
महासंघले संघ, प्रदेश र स्थानीय तहहरुमा निर्माण भइरहेको समाचार सम्बन्धी कानुनहरु प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आहृवान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने निर्णय गरेको छ ।


    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्