नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्वअध्यक्ष राजेन्द्र मानन्धरलाई मातृशोक

मिति : २०७५।१२।२९

नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्वअध्यक्ष राजेन्द्र मानन्धरलाई मातृशोक परेको छ । उहाँकी ममतामयी माता गंगालक्ष्मी मानन्धरको ७५ वर्षको उमेरमा चैत्र २८ गते राति १ः०० बजे निधन भएको हो । निमोनिया, दम, सुगरलगायतका रोगबाट पीडित उहाँको चार दिनदेखि राजधानीस्थित भरोसा अस्पतालमा उपचार भइरहेको थियो ।
नेपाल पत्रकार महासंघ स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा शाखाका पूर्वअध्यक्ष राजेन्द्र मानन्धरसहित शोकसन्तप्त परिवारजनप्रति महासंघ गहिरो समवेदना व्यक्त गर्दछ ।

    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्