कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउनलाई दबाब अभियान जारी राख्ने

मिति : २०७६।०१।०५

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा आज रिहा हुनुभएको छ ।  

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने र मुद्दा लगाउने क्रम बढेकोपछि नेपाल पत्रकार महासंघले देशैभर आन्दोलनको घोषणा गरेकोे थियो ।

आन्दोलनका क्रममा आज महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिइएका थिए भने आजै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रतिनिधिमण्डले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । 

ज्ञापनपत्र बुझ्दै माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोबार ऐन खारेज गर्ने र नयाँ बन्ने कानुनमा प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैबीच महासंघको आज बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले अब बन्ने कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउनलाई दबाब अभियान जारी राख्ने निर्णय गरेको छ । बैठकले महासंघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता र सहभागिता जनाउने सञ्चारमाध्यम, पत्रकार र संघसंस्थालाई धन्यवाद व्यक्त गरेको छ ।

 
    रमेश विष्ट
    महासचिव
 

 

 डाउनलोड गर्नुहोस्