पत्रकार खेम थपलियालाई पक्राउ गरिएकाे घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण

मिति : २०७६/४/३०

नेपाल पत्रकार महासंघका सदस्य, लेखक तथा साहित्यकार खेम थपलियालाई यही साउन २५ गते वागवजारस्थित जलजला मासिकको कार्यालयवाट पक्राउ गरी हालसम्म पनि रिहा नगरिएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।  
पत्रकार तथा साहित्यकारका रुपमा क्रियाशील थपलियालाई आफ्नो आस्था र विचार प्रकट गरेकै आधारमा पक्राउ गरी झुठ्ठा मुद्धा लगाउन खोज्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन हुन पुगेको महासंघको ठहर छ । प्रहरी परिसर टेकुमा राखिएका थपलियाको तत्काल रिहा गरी उहाँको कार्यालयवाट लगिएका कम्प्युटर, पुस्तक लगायतका सामग्री फिर्ता गर्न महासंघ जोडदार माग गर्दछ । 


रमेश विष्ट 
महासचिव 

 डाउनलोड गर्नुहोस्