वरिष्ठ पत्रकार एवव् साहित्यकार मदनमणि दीक्षितको दुःखद निधन भएको खवरले महासंघ स्तब्ध

मिति : २०७६/४/३० 
वरिष्ठ पत्रकार एवव् साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज दुःखद निधन भएको खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विसं १९७९ साल फागुन ६ गते काठमाडौँको गैरीधारामा जन्मनु भएका दीक्षितले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएको थियो ।
उहाँले लामो समय समिक्षा साप्ताहिक लगायतका पत्रिका सम्पादन गर्नुभएको थियो ।  विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनमा समेत सक्रिय दीक्षितका ४६ वटा पुस्तक प्रकाशित छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । उहाँको निधनले नेपाली संचार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाएको छ भने नेपाली साहित्य क्षेत्रले एउटा मूर्धन्य साहित्य सेवि गुमाएको छ । 
नेपाल पत्रकार महासंघ वरिष्ठ पत्रकार दीक्षितको योगदानप्रति उच्च कदर र सम्मान प्रकट गर्दै उहाँको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । उहाँको निधनवाट शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ । 

 

रमेश विष्ट 
महासचिव 
 

 

 

 

 डाउनलोड गर्नुहोस्