नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

मिति : २०७६।०५।२३

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ । उहाँहरुका पूज्य पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा आज विहान ३ः०० बजे काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको छ । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । स्वर्गीय शर्माको पार्थीव शरीरको आज विहान ७ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

उहाँको पार्थीव शरीरमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईसहित प्रतिनिधिसभाका सम्मानीय सभामुख कृष्णबहादुर महरालगायत विभिन्न राजनीति दलका नेताहरु र नेपाल पत्रकार महासंघका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं पूर्वपदाधिकारीहरुलगायत पत्रकारहरुले श्रद्धाञ्जली दिएका थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । अध्यक्ष आचार्य स्वर्गीय शर्माका जेठा छोरा हुनुहुन्छ ।

महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।



रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्