कैलालीको लम्कीस्थित रेडस्टार एफएम ९५.३ मेगाहर्जका प्रबन्ध निर्देशक बसन्त जैशीमाथि गरिएको आक्रमण र कार्यालयमा भएको तोडफोडको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८।०१।०६

कैलालीको लम्कीस्थित रेडस्टार एफएम ९५.३ मेगाहर्जका प्रबन्ध निर्देशक बसन्त जैशीमाथि गरिएको आक्रमण र कार्यालयमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ कैलाली शाखाका अनुसार बैशाख ५ गते आइतबार दिउँसो एमएमको कार्यालयमा ८/९ जनाको समुह प्रवेश गरी प्रबन्ध निर्देशक जैशीमाथि आक्रमण गर्नुका साथै एफएमको कार्यालयमा रहेको कम्प्यूटरलगायतका सामग्री तोडफोड गरेका थिए ।

कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण गर्नु र तोडफोड गरिनु प्रेसविरोधी काम हो । यस्ता घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनको महासंघ गम्भीर ध्यानाकर्षण गराउँदछ ।  


रोशन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्