समाचार संकलनका क्रममा पत्रकारमाथि जनप्रतिनिधिबाट भएको दुव्र्यवहारको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७८/०१/२२


समाचार संकलनका क्रममा पत्रकारमाथि जनप्रतिनिधिबाट भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएकोे छ ।
रेडियो पूर्वी रुकुम एफएम १०३.२ मेगाहर्जमा कार्यरत पत्रकार जितेन्द्र बुढाथोकी र लुम्बिनी भ्वाइस अनलाइनमा कार्यरत पत्रकार विक्रम परियारलाई उत्तरगंगा गाँउपालिका वडां न ९ को विकास योजनाको रकम भुक्तानीको विषयमा कार्यालयमा भएको विवादको भिडियो खिचेको भन्दै वडा अध्यक्ष सुरबहादुर रोकाले बैशाख २१ गते हातपातको प्रयास गर्नुका साथै दुव्र्यवहार गरेको महासंघको रुकुम शाखाले जनाएको छ ।
जनतालाई सुसूचित गर्न खटिएका पत्रकारलाई सूचना दिनुको सट्टा दुव्र्यवहार गर्नु अत्यन्त दुःखद भएको महासंघको ठहर छ । अतः महासंघ जनप्रतिनिधिबाट भएको यस घटनाको घोर निन्दा गर्दै सत्य तथ्य छानविन गरि दोषिमाथि कारबाहीका लागि स्थानिय प्रशासनसंग माग गर्दछ ।  



रोशन पुरी
महासचिव 

 डाउनलोड गर्नुहोस्