सम्मानित सर्वोच्च अदालतबाट उज्यालो नेटवर्क अनलाइनका पत्रकारद्वय अनिश तामाङ र प्रभात तामाङलाई रिहाई गर्न आदेश दिएकोमा नेपाल पत्रकार महासंघले यसलाई सकारात्मक रुपमा लिँदै स्वागत गर्दछ

मितिः २०७८।०१।२४

सम्मानित सर्वोच्च अदालतबाट उज्यालो नेटवर्क अनलाइनका पत्रकारद्वय अनिश तामाङ र प्रभात तामाङलाई रिहाई गर्न आदेश दिएकोमा नेपाल पत्रकार महासंघले यसलाई सकारात्मक रुपमा लिँदै स्वागत गर्दछ । 
प्रेस काउन्सिल नेपालबाट निरुपण भैसकेको विषयमा र पाटन उच्च अदालतबाट समाचारको विषय टुंगो नलागेसम्म पक्राउ नगर्नु–नगराउनु भनी आदेश दिइसकेको अवस्थामा पत्रकारद्वयलाई वैशाख १२ गते प्रहरीले पक्राउ गरेपछि महासंघका तर्फबाट ललितपुर शाखाका सचिव रामहरि कार्कीमार्फत वैशाख १३ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेर पुनःकानुनी प्रक्रिया थालिएको हो ।
महासंघको तर्फबाट कानुनी प्रक्रियामा सहयोग गर्नुहुने बरिष्ठ अधिवक्तात्रय बोर्णबहादुर कार्की, मुक्तिनारायण प्रधान र रमण श्रेष्ठसहित अधिवक्ताहरु भक्तिराम घिमिरे, धर्मराज पाण्डे, सन्तोष भण्डारी, करुणाकर मल्लिक, लोकेन्द्र ओली, विष्णुकुमार गिरी र विजय हमाललाई महासंघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिवद्ध रही सधै विधिको शासन र कानुनी राजको सम्मान गर्दछ र त्यसको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।

    
    रोसन पुरी
    महासचिव

 डाउनलोड गर्नुहोस्