नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हिजो प्रस्तुत गर्नुभएको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ ।

मितिः २०७८।०२।१६

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हिजो प्रस्तुत गर्नुभएको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ । बजेटमा महासंघले प्रस्ताव गरेअनुसार सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय  छन् । महासंघले वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर अर्थ र सञ्चार मन्त्रालयलाई लिखित सुझाव दिएको थियो ।
सरकारी सुविधा र विज्ञापनमा अनलाइन सञ्चार माध्यमलाई न्यायपूर्ण पहुँच सुनिश्चित गर्न र  साना लगानीका तथा स्वरोजगारमूलक मिडियालाई प्रोत्साहन गर्नेगरी सम्बोधन गर्न जरुरी छ ।
बजेटमा उल्लेख भएका  सञ्चार क्षेत्रका सबै व्यवस्थाको समयमै कार्यान्वयन गर्न थप नीतिगत व्यवस्था गर्न आवश्यक छ । बजेटमा सञ्चार क्षेत्रका उल्लेख भएको विषयको प्रभावकारी कार्यान्वयन हुनेमा महासंघ विश्वस्त छ ।
बजेटमा सम्बोधन भएका विषयहरु–

  •  श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने ।
  •  नेपाल पत्रकार महासंघका सदस्यको देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था ।
  •  आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने ।
  •  महासंघको निर्माणधिन भवन सम्पन्न गर्न आवश्यक रकमको विनियोजन ।
  •  प्रेस संग्रहालय स्थापना गरिने ।
  •  कोभिडबाट प्रभावित भइ रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा ।
  •  पत्रकार कल्याणकारी कोषको कार्यान्वयन गर्ने प्रतिवद्धता ।
  •  सरकारी विज्ञापन सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई न्यायपूर्ण पहुँच सुनिश्चित गरिने ।
  • सञ्चार गृहको आर्थिक वर्ष ७८÷७९ को इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था ।

 

रोसन पुरी
महासचिव

--------------

 डाउनलोड गर्नुहोस्