पत्रकारमाथि भएकाे कुटपिट र दुर्व्यवहारकाे निन्दा

२०७९।०२।२३

बझाङस्थित रेडियो जयपृथ्वी एफएम ९६.३ मेघाहर्जमा कार्यरत पत्रकार कर्ण धामीलाई सुर्मा गाउँपालिका–४ का खडक बोहराले स्टुडियो भित्रै पसेर कुटपिट गरी धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको छ । जेठ १९ गते बिहीबार राति ९ः०० मदिरा सेवन गरेर स्टुडियो पसेका बोहराले एक आफन्तको श्रद्धाञ्जली प्रसारण गराउने क्रममा मृतकको नाम नै नभएको सन्देश प्रसारण गर्न दबाब दिएपछि विवाद हुँदा पत्रकार धामीमाथि कुटपिट गर्दै दुव्र्यवहार गरेका थिए ।

कुनै पनि बहानामा एफएम स्टुडियो भित्रै पसेर पत्रकारमाथि यस किसिमको व्यवहार हुनु निन्दनीय र कानुनविपरीतको कार्य हो । महासंघ घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई पत्रकारलाई निर्वाध र सुरक्षित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

यसैगरी नेपाल पत्रकार महासंघ दैलेखका सचिव तथा धमाका दैनिक दैलेखका सहसम्पादक उदयराज अधिकारीलाई सूचना माग्ने क्रममा पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर सिंहले दुव्र्यवहार गरेको घटनाप्रति पनि महासंघको ध्यानाकर्षण भएको छ । दुई महिनाअघि नै लिखित निवेदन दिएर सूचना लिन बोलाएपछि उक्त कार्यालय पुगेका पत्रकार अधिकारीलाई निज कार्यालय प्रमुख सिंहले दुव्र्यवहार गर्दै धम्क्याएको महासंघ दैलेख शाखाले जनाएको छ ।

कुनै पनि सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । त्यसलाई बेवास्ता गर्दै सार्वजनिक निकायमा बसेका जिम्मेवार अधिकारीबाट भएको हर्कत निन्दनीय र संविधानविपरीतको कार्य हो । महासंघ यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रोसन पुरी

महासचिव