अग्रज पत्रकार शंकर कार्कीको हृदयघातका कारण भएकोे असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध

मिति :२०७९।०५।१०

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था एभरेष्ट प्रेस क्लवका सदस्य अग्रज पत्रकार शंकर कार्कीको हृदयघातका कारण ६६ वर्षको उमेरमा भएकोे असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । अनामनगरस्थित पत्रिकाको कार्यलयमा आज बिहान हृदयघात भएपछि कार्कीलाई उपचारका लागि महाराजगञ्जस्थित त्रि. वी. शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा आजै बिहान ८ः३० बजे निधन भएको हो ।

वि.सं. २०१३ सालमा खोटाङमा जन्मनु भएका कार्की विगत चार दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनु भएका कार्की पछिल्लो पटक जानकारी साप्ताहिकका सम्पादक÷प्रकाशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक उर्जाशील र अनुभवी पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय कार्कीका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय कार्कीप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्