हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि समाचार संकलनका क्रममा भएको हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०९।३०

हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि समाचार संकलनका क्रममा भएको हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पुस २९ गते शुक्रबार दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार संकलनका लागि पुगेका पत्रकार कट्टेलसहितका ६ जना सञ्चारकर्मीमाथि व्यापारीहरूले दुव्र्यवहार गरेको र सो क्रममा एक मोबाईल पसल सञ्चालकले पत्रकार कट्टेललाई कुटपिट गरेको पीडित पत्रकारले महासंघलाई जानकारी गराएका छन् ।

स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको हातपात प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्