समाचार संकलनका क्रममा रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

 

मिति : २०८०।०२।३१

संघीय संसद्मा समाचार संकलनका क्रममा रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

जेठ ३० गते मंगलबार प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिले संकक्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको बैठकको निमन्त्रणा पाएका दंगाललाई मर्यादापालकबाट समाचार संकलनमा जुटिरहेको अवस्थामा माथिको ओदश भन्दै पाखुरामा समातेर बाहिर निकालेका थिए ।

स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटिरहेका पत्रकारमाथि गरिमामय संसद्को मर्यादापालकबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको छ । संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान र ख्याल गरी यस्ता घटना दोहोरिन नदिइ प्रेसमैत्री वातावरण तयार पार्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

May be an image of text that says 'नेपाल पत्रकार महासं महासंघ Federation (FNJ) केन्द्रीय नेपाल प्रेस विज्ञप्ति २०5०।०२।३१ संघीय संसद्मा समाचार संकलनका कममा रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जेठ गते मंगलबार प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिले संकक्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको बैठकको निमन्त्रणा दंगाललाई मर्यादापालकबाट समाचार संकलनमा जुटिरहेको अवस्थामा माथिको ओदश भन्दै पाखुरामा समातेर बाहिर निकालेका थिए स्वतन्त्रपूर्वक सत्चारकर्ममा जुटिरहेका पत्रकारमाथि गरिमामय संसद्को मर्यादापालकबाट भएको हर्कत अत्यन्त निन्दनीय स्वतन्त्रताविरुद्ध रहेको संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान ख्याल यस्ता घटना नदिइ प्रेसमैत्री वातावरण तयार पार्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ रोसन पुरी महासचिव'