केन्द्रीय सदस्य अमर खड्कालाई मातृशोक

 

मिति : २०८०।०४।०७

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्कालाई मातृशोक परेको छ । उहाँकी ममताममी आमा देवीकुमारी खड्काको ६७ वर्षको उमेरमा साउन ६ गते शनिबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-१ आदर्श टोलस्थित निवासमा निधन भएको हो । श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित स्वर्गीय खड्काका श्रीमान्, छोरा केन्द्रीय सदस्य अमर खड्का र ४ छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय आमा देवीकुमारी खड्काप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा केन्द्रीय सदस्य अमर खड्कासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्