समाचार संकलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि प्रहरीले गरेको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।११।११
समाचार संकलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि प्रहरीले गरेको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

फागुन ९ गते बिहीबार काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेकाहरूको दबाब दिने कार्यक्रम रहेको थियो । सोही विषयको समाचार संकलनका लागि वैदेशिक रोजगार विभाग पुगेका पत्रकारद्वयलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीले सूचना विभागबाट जारी प्रेस पास देखाउँदासमेत दुव्र्यवहार गरेका थिए ।

सो क्रममा सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र त पैसामा किन्न पाइन्छ भन्दै धम्कीको भाषा प्रयोग गर्दै प्रहरीले पत्रकारको प्रेस पास खोसेर धरपकड गर्दै भ्यानमा राखेर कालिमाटी प्रहरी वृत्त पु¥याएर कोठामा राखी क्यामेरा र मोवाइल बन्द गर्न लगाएका थिए ।

स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । प्रहरीले गरेको यो हर्कतले संविधानप्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर छ ।

महासंघ घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै प्रहरीबाटै हुने प्रेसविरोधी यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी
महासचिव 

 डाउनलोड गर्नुहोस्