पत्रकारलाई धक्की दिएकाे घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मितिः २०८०/१२/२४

नेपाल पत्रकार महासंघ, बाँके शाखाका अध्यक्ष तथा सद्भाव दैनिक र सेतोखरी अनलाइनका सम्पादक दामोदर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवास बोहराले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

अध्यक्ष भण्डारीका अनुसार सेतोखरी डटकममा तस्करीमा प्रहरीको संलग्नता रहेको विषयमा समाचार प्रकाशन भएपछि प्रहरी प्रमुख (उपरीक्षक) बोहराले समाचार हटाउन धम्की दिएका थिए ।  
त्यसैगरी, नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका कार्यवाहक कोषाध्यक्ष तथा खोजमिसन न्युजका प्रधानसम्पादक दीपक अर्याललाई चैत २२ गते ९८४३६३४११२ नम्बरको फोनबाट अपरिचित व्यक्तिले धम्की दिएको शाखाले जनाएको छ । अर्यालले ‘माल्टाका शिक्षक ठाकुरमान एमालेको अधिवेशन प्रतिनिधि’ शीर्षकमा समाचार प्रकाशन गरेका थिए ।

प्रकाशित समाचारप्रति असहमति रहे उजुरी गर्ने निकाय हुदाँहुदै पत्रकारमाथि हुने यस किसिमका घटनाको महासंघ विरोध गर्दछ । महासंघ पत्रकारको पेशाप्रति सम्मान गर्न माग गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ ।  



रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्