दोषीलाई कारबाही गर्न माग

२०७४।०६।०८
जनता टेलिभिजन एवं स्थानीय सीएफएमका सप्तरी सम्वाददाता विद्यानन्द रामलाई समाचार संकलनको क्रममा सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले दुर्व्यवहार गर्नुका साथै क्यामेरासमेत तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ ।

असोज ८ गते सप्तरी राजविराजस्थित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा राजविराज नगरपालिकाको रोकिएको मतगणना सुचारु गराउने विषयमा आयोजित सर्वपक्षीय छलफलको समाचार संकलनका क्रममा पत्रकार रामलाई निर्वाचन अधिकृत कोइरालाले ‘पत्रकारलाई प्रवेश निषेध छ किन छिरेको’ भनेर क्यामेरा खोसेर फाल्दै दुर्व्यवहार गरेका हुन् ।

नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई समाचार संकलन गर्ने कार्यमा रोक लगाई दुर्व्यवहार गरिनु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ पत्रकारमाथि भएको दुर्व्यवहार र समाचार सामग्री तोडफोडको कडा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र पत्रकारलाई सहज समाचार संकलनको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

...................
रमेश विष्ट
महासचिव