मिति : २०८१।१२।२७
समाचार संकलनका क्रममा पत्रकार शेरबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक मल्लले दुर्व्यवहार गरी खिँचिएको फोटो र भिडियोसमेत मेटाइदिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
आज सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा आयोगले छापा मार्ने क्रममा डीएसपी मल्लले समाचार संकलनका लागि त्यहाँ पुगेका महासंघका सदस्य पत्रकार थापाको मोबाइल नियन्त्रणमा लिई खिँचिएको फोटो र भिडियो मेटाइ धम्कीपूर्ण भाषा प्रयोग गरी दुर्व्यवहार गरेको महासंघ सुर्खेत शाखाले जनाएको छ ।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेको पत्रकारमाथि प्रहरीका जिम्मेवार अधिकारीबाट भएको यो व्यवहारलाई महासंघले अन्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको छ ।
महासंघ यो कदमको कडा भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीउपर आवश्यक कारबाही गरी प्रेसको संवैधानिक सुनिश्चितताको सम्मान गर्न तथा यसखाले घटना दोहोरिन नदिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव