पत्रकार आक्रमणको भर्त्सना

२०७४÷०६÷२२
नेपाल पत्रकार महासंघ कालिकोटका सभासद् अर्जुनप्रसाद भट्टराईमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकर महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ कालिकोट शाखाकाअनुसार पत्रकार भट्टराईलाई यही असोज २० गते स्थानीय ३ जना युवाले कालिकोटको मान्मस्थित पुरानो बसपार्क नजिक आक्रमण गरी घाइते बनाएका थिए । घाइते पत्रकार भट्टराईको जिल्ला अस्पताल मान्ममा उपचार हुन नसकेपछि हाल मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

नागरिकको सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारमाथि भएको यो आक्रमणको महासंघ भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गरी पत्रकारलाई स्वतन्त्र र निर्भिकताकासाथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँद छ ।
.....................
रमेश विष्ट
महासचिव