मिति : २०८२।०४।२२
समाचारको विषयलाई लिएर पत्रकार हरिप्रसाद जोशीलाई दार्चुलाको नौगाड गाउँपालिकाका कर्मचारीहरूबाट विभिन्न आरोप लगाइ धम्की दिने कार्य भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
२०८२ साउन १५ गते उक्त गाउँपालिकाले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको आधारमा जोशी कार्यरत गतिशील अनलाइनमा समाचार प्रकाशित भएपछि धम्की आएको महासंघको दार्चुला शाखाले जनाएको छ ।
समाचारमा कुनै गुनासो भए समाधानका विधि हुँदाहुँदै त्यसविपरीत पत्रकारमाथि यस्तो कर्म गरिनुलाई महासंघले अत्यन्त निन्दनीय र प्रेसविरोधी कदमका रुपमा लिएको छ ।
यो घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएर प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यसप्रकारका घटना दोहोरिन नदिन कडा कदम चाल्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रामप्रसाद दाहाल
महासचिव