मिति :२०८२/०४/२९
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पार्थिवेन्द्र उपाध्यायले सिंगो प्रेस जगतलाई लाञ्छना लगाउने गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
रुपन्देहीमा हुने उपनिर्वाचनका सन्दर्भमा आयोजित कार्यक्रममा उपाध्यायले केही दिन अघि पत्रकार तथा सिंगो पत्रकारिता क्षेत्रलाई बदनाम गराउने गरी तथ्यहीन अभिव्यक्ति दिएको महासंघ लुम्बिनी प्रदेश समितिले जनाएको छ ।
राजनीतिक दलका जिम्मेवार नेताको यसप्रकारको अमर्यादित टिप्पणीप्रति महासंघ भत्र्सना गर्दछ । साथै, महासंघ प्रेस स्वतन्त्रता तथा पत्रकारको पेशाको सम्मान गर्न र तथ्यहीन अभिव्यक्ति नदिन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव