सप्तरीमा पत्रकारको हत्या गर्ने मनसायले छुरा प्रहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८२/०४/३१

सप्तरीमा पत्रकार सौरभ यादवको हत्या गर्ने कुत्सित मनसायले छुरा प्रहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नयाँ पत्रिका दैनिकका संवाददाता यादवमाथि साउन ३० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेट नजिकै मोटरसाइकलमा आएका केही व्यक्तिले छुरा प्रहार गरेको महासंघ मधेस प्रदेश समितिले जनाएको छ। शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको हाल अस्पतालमा उपचार भइरहेको छ । महासंघ यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

पत्रकारमाथिको यो जघन्य अपराधको महासंघ घोर निन्दा र भत्र्सना गर्दछ । साथै, छुरा प्रहार गर्नेहरूलाई हालसम्म पक्राउ नगर्नु स्थानीय प्रशासनको कमजोरी हो । अतः महासंघ दोषीहरूलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछ ।

पत्रकार र पत्रकारिताको सुरक्षा गरी स्वतन्त्र एवं निर्भयताका साथ पेशामा लाग्र्ने वातावरण निर्माण गर्न पनि महासंघ सम्बद्ध निकायसँग आग्रह गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

 डाउनलोड गर्नुहोस्