अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२/०५/०३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

महासंघ काठमाडौं शाखाका अनुसार यही साउन ११ गते “सामान्य प्रशासन मन्त्री गुप्ता लाखौंको घुष लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी” शिर्षकको समाचारसँग सम्बन्धित अडियो र यही साउन १८ गते प्रकाशित “७० लाख घुष काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण” भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले उक्त पत्रिकाको प्रकाशन संस्थालाई पत्राचार गरेको छ।

समाचारको स्रोतको संरक्षण गर्नु पत्रकारिताको सिद्धान्त, धर्म र संवैधानिक अधिकार हो । पत्रकार आचारसंहिताले पनि समाचार स्रोतको संरक्षणको व्यवस्था गरेको छ । आयोगले समाचारको स्रोत माग्नु पत्रकारिताको सिद्धान्त, संविधान तथा आचारसंहिताको प्रावधान विपरित भएको बुझाइ छ।

प्रकाशित समाचारप्रति असहमति भए विधि प्रक्रिया अनुसार कारबाही गर्ने बाटो हुदाँहुदै आयोगले समाचारको स्रोत माग्नु प्रेस स्वतन्त्रता विपरित कार्य हुन जाने भएकाले तत्काल पत्र फिर्ता लिइ विधिमा फर्कन महासंघ सम्वद्ध पक्षसँग जोडदार माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्