नेपाल प्रेस युनियन डोटी शाखाको कार्यालय तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२/०५/०३

 

नेपाल प्रेस युनियन डोटी शाखाको कार्यालय तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

यही भदौ १ गते राति दिपायलस्थित पिपल्लामा रहेको युनियन कार्यालयको मूलढोका फुटाएर सामान चोरी भएको महासंघ डोटी शाखाले जनाएको छ।

कुनैपनि बहानामा पत्रकार सम्वद्ध संस्था विरुद्ध हुने गलत कार्यको महासंघ विरोध गर्दछ । महासंघ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछ।

 

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्