मिति : २०८२/०५/२८
जेन्जी आन्दोलनका क्रममा पत्रकारमाथि भएको आगजनी प्रयास, आक्रमण, दुव्यवहार र अवरोधप्रति नेपाल पत्रकार महासंघ दुःख व्यक्त गर्दछ । महासंघलाई प्राप्त जानकारी अनुसार विभिन्न स्थानमा देहायका प्रेस स्वतन्त्रता हननका थप घटना भएका छन ।
आगजनी
१.बाँकेको कोहलपुरमा समाचार संकलनका क्रममा सम्वेगन्यूज डटकमका पत्रकार निरज निश्चललाई अन्दोलनकारीले हातपात र क्यामरा खोसेर जलाएको । उनले भागेर कोहलपुर नगरपालिकाको भवनमा आश्रय लिइरहेको अवस्थामा सोही भवनमा आगजनी भएपछि भवनको पछाडिपट्टिको छतबाट हामफालेर बाच्न सफल ।
२.कैलालीको धनगढीस्थित सिटिभिटी चोकमा आन्दोलनकारीबाट पत्रकार दिपेन्द्र भट्टलाई दुव्र्यवहार गर्नुका साथै मोटरसाइकलमा आगजनी ।
आक्रमण तथा दुर्व्यवहार
३.भक्तपुरस्थित सूर्यविनायक चोकमा भादगाँउ टेलिभिजनका पत्रकार तुलसी कुमार त्वायनामाथि आन्दोलनकारीबाट भौतिक आक्रमण ।
४.भक्तपुरमै नागरिक दैनिकका पत्रकार कृष्ण केसीले खिचेको भिडियो तथा फोटो सुरक्षाकर्मीले डिलित गर्न लगाएको ।
५.निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निजी निवास बालकोटमा रिर्पोटिङका क्रममा पत्रकार महासंघ भकतपुर कार्यसमिति सदस्य सुदर्शन आचार्यमाथि आक्रमण । टेलिभिजननको गाडी तोडफोड हुंदा हातमा गाडीको सिसा लागेर घाइते ।
६.पत्रकार महासंघ भक्तपुर कार्यसमिति सदस्य केशव तिमिल्सिनालाई जिल्ला प्रशासन कार्यालयमा भएको विरोध प्रदर्शनको रिपोर्टिङका क्रममा फोटो तथा भिडियो खिच्न नदिइएको ।
यसका साथै विदेशी पत्रकारलाई समेत काठमाडौमै आक्रमण भएको गुनासो महासंघमा प्राप्त भएको छ । पत्रकार विरूद्ध भएका यस प्रकारका घटनाले प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको महासंघको ठहर छ ।
अतः महासंघ घटनाका दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन र स्वतन्त्रतापूर्वक पेशा गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दछ । साथै, महासंघ आन्दोलनका क्रममा आगजनी र तोडफोड गरी क्षति पुर्याईएका सञ्चारगृह तथा पत्रकारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव