जेनजीको आन्दोलनसंगै प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि

मिति : २०८२/०५/२६

जेनजीको आन्दोलनसंगै प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि भइरहेका छन । सञ्चार गृह र पत्रकारमाथि भइरहेका घटनाप्रति नेपाल पत्रकार महासंघ निन्दा र खेद प्रकट गर्दछ । महासंघमा प्रेस स्वतन्त्रतान हननका थप घटना भएको जानकारी प्राप्त भएको छ ।

तोडफोड र आगजन

१. इलामस्थित नेपालवाणी एफएम र इलाम एक्सप्रेस दैनिकको कार्यालयमा तोडफोड

२. चितवतस्थित सफल खबर डटकम र चुरे सन्देशको कार्यालयमा लुटपाट र आगजनी

३. चितवनस्थित कालिका एफएममा तोडफोड र सञ्चार सामग्रीमा आगजनी

४. चितवनमै पत्रकार सन्तोष देउजाको घरमा लुटपाट र आगजनी

दुर्व्यवहार तथा धम्की

५. सर्लाहीस्थित मलंगवामा रहेको वंशल प्रहरी विटमा भएको आगजनीको समाचार संकलनमा पुगेका मेरो शान टिभीका पत्रकार राजीव साहमाथि दुर्ववहार

६. नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाका पूर्व अध्यक्ष मोतिराम तिमिल्सिनाको घर अगाडि बम राखियो । बम डिष्पोज भए पनि धम्की आइरहेको।

महासंघ उल्लेखित प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नहरूको पहिचान गरी कानुनी कारबाही गर्न सम्बद्ध निकायसंग आग्रह गर्दछ । अन्यथा प्रेसको संवैधानिक अधिकार र जनतालाई सूचना प्रवाह गर्ने दायित्वका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ ।

 

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्