तराई पोस्टका पत्रकार बसन्त लामालाई एक समुहले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०८२/०५/३१

तराई पोस्टका पत्रकार बसन्त लामालाई एक समुहले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। आज बिहान बाराको निजगढ नगरपालिका वडा नं १ स्थित बन्सथली हाट बजार नजिकै मोटरसाइकलमा आएको एक समुहले कुटपिट गर्दा लामाको शरीरका विभिन्न भागमा चोट लागेको छ । महासंघ लामाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

आन्दोलनको क्रममा काठ तस्करी बढेको आशयको समाचार प्रकाशन गरेको विषयलाई लिएर आक्रमण भएको महासंघ बारा शाखाले जनाएको छ।

समाचारप्रतिको असहमति विधिसम्मत समाधान गर्न सकिने प्रावधान विपरीत पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रताको ठाडो उल्लंङ्घन हो, खेदजनक कार्य हो। अतः महासंघ घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दछ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्