पत्रकारमाथि हातपात गरिएको तथा धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२/०६/२२

पत्रकारमाथि हातपात गरिएको तथा धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

महासंघ काठमाडौं शाखाका अनुसार यही असोज २२ गते पत्रकार पर्वतराज घिमिरेलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह जोडिएको समाचारलाई लिएर उनका भिनाजु सुवास शाह भन्ने व्यक्तिले अपशब्द बोल्दै ज्यान मार्ने धम्की दिएका थिए।

त्यस्तै समाचारको विषयलाई लिएर कीर्तिपुर सन्देश साप्ताहिकका सम्पादक नजर राम महर्जनलाई एक समुहले दुव्र्यवहार गर्नुका साथै ज्यान लिने धम्की दिएका छन । दुबै घटनाको महासंघ निन्दा र भर्त्सना गर्दछ।

प्रकाशित समाचारप्रति असहमती भए विधिपूर्वक अगाडि जाने बाटो हुदाँहुँदै पत्रकार विरुद्ध जाइलाग्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासंघ ठान्दछ। अतः महासंघ घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई स्वतन्त्रतापूर्वक पेसा गर्ने वातावरण दिलाउन सम्बद्ध निकायसँग माग गर्दछ।

रामप्रसाद दाहाल
महासचिव 

 डाउनलोड गर्नुहोस्