पत्रकार राजेशकुमार कर्णमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८२/०७/१८

प्रेस विज्ञप्ति

पत्रकार राजेशकुमार कर्णमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

यही कात्तिक १७ गते साँझ जनकपुर उपमहानगरपालिका ४ स्थित आफ्नो घर नजिकै हिँडिरहेको अवस्थामा दिपक राय भन्ने व्यक्तिले महासंघका केन्द्रीय सदस्य कर्णमाथि आक्रमण गरेको महासंघ मधेस प्रदेश समितिले जनाएको छ ।

महासंघ यस घटनाको भत्र्सना गर्दै दोषीमाथि हदैसम्मको कारबाही गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्